काठमाडौं ।
रौतहटको गुजरा नगरपालिका–२ मा प्रहरीले करिब ३.५ किलो गाँजासहित ५५ वर्षीय गोपालबहादुर थिङलाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा रंगपुर प्रहरी चौकी र चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उनको घरमा खानतलासी गर्दा गाँजासँगै ७८ हजार नेपाली रुपैयाँ र ६१० भारतीय रुपैयाँ बरामद गरेको हो।
थिङलाई चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया