काठमाडौं ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन्। तत्कालीन सिमा विवादका कारण रोकिएको नापी प्रक्रिया अब सबै पक्षको सहकार्यमा सम्पन्न भएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मंगलबार वितरण कार्यको सुरुआत गरेका हुन्। नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित जनप्रतिनिधिहरूले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन्।
विसं २०३२ देखि लालपूर्जाको प्रतीक्षामा रहेका बासिन्दामध्ये हालसम्म ४५० वटा लालपूर्जा तयार भइसकेका छन् भने बाँकी पनि प्रक्रिया अन्तर्गत रहेका छन्।











प्रतिक्रिया