काठमाडौं ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पासँग भेट गरेका छन्।
भेटका क्रममा नेतान्याहुले विपिनको रिहाइका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।
साथै, उनले नेपालसँग रहेका सुमधुर कूटनीतिक सम्बन्धलाई उपयोग गर्दै केही अरब मुलुकहरूसँग संवाद गर्न सुझाव पनि दिए।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि भेटमा सहभागी थिए। विपिनकी आमा र बहिनी इजरायल सरकारको पहलमा त्यहाँ पुगेका हुन्।











प्रतिक्रिया