बेवारिसे कारमा २ बोरा गाँजा

2.73k
Shares

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका वडा नं २ स्थित जगना खोलाको किनारबाट प्रहरीले मंगलबा २ बोरा गाँजा सहितको एक कार बेवारिसे अवस्थामा फेला पारेको छ ।

बेलका नगरपालिकाको २ नं वडामा पर्ने जगना खोलाको किनारमा छाडिएको बा. २१ च १८११ नम्बरको कार देखेपछि विशेष सूचनाको आधारमा प्रहरी चौकी बसाहा र भागलपुरको प्रहरी टोलीले कार चेक जाँच गर्ने क्रममा कारभित्र गाँजा फेला पारेपछि कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।

कारभित्र २ बोरा गाँजा रहेको र जगना खोलाको किनारमा बोरामा प्याक गरेर राखेको अवस्थामा २सय ४० किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेवारिसे अवस्थामा राखिएको कार, भित्रको गाँजा तथा खोला किनारमा रहेको २: ४० केजी गाँजा कसको हो कसले राखेको हो त्यस बारेमा इलाका प्रहरी कार्यालय रामपुरले सोधखोज तथा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको बेलका नगरपालकाको विभिन्न वडाहरुबाट यस अघि पनि ठूलो परिणाममा बेवमरिसे अवस्थामा गाँजा पक्राउ गरिएको थियो । ग्रामिण क्षेत्रमा लगाइएको गाँजाका बोटहरु प्रहरीले गाँजा लगाइएको, खेती गरिएको ठाउँमै पुगेर नष्ट गरेको छ ।

कतिपयले गाउँ घरमा लुकाई छिपाई गाँजा राखेको र अनुकुलता हेरेर चोरबाटोबाट बिक्री गर्न लैजाने गरेको पायएको छ । प्रतिबन्धित लागु औषधका रुपमा रहेको गाँजा बिक्रीबाट राम्रो आम्दानी हुने गरेको र आर्थिक समस्याको समाधान गर्न, घर व्यवहार टार्न, छोराछोरीको शिक्षा, स्वास्थ्यमा लगानी गर्न सहयोग पुग्ने गरेकोले, महंगोमा गाँजा बिक्री हुने भएकोले लुकी छिपी भए पनि गाँजाको खेती र व्यापारमा विपन्न परिवार लागेको हुन सक्ने अनुमान गरिएको छ ।