कोशी र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौँ ।

मनसुनको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले देशका विभिन्न भूभागमा बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली रहनेछ भने थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुन सक्नेछ।विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।