चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते


मकवानपुर।

मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला सोमबार दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएकोहो।

चट्याङ लागेर स्थानीय १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ति नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।
घाइतेहरुको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।