काठमाडौँ।
विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेका छन् । उपसभामुख रानालाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आव्हानमा विपक्षी दलको बैठक बसेको थियो।
बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् ‘कब्जा’ गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ।











प्रतिक्रिया