काठमाडौँ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक बोलाएको छ । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरिएको भनिएको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन्।
बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने छ। बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।
कांग्रेस-एमालेसहितको सत्तापक्षको बैठक भने अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।











प्रतिक्रिया