उपसभामुख राना हटाउने तयारी, सत्ता गठबन्धनलाई अझै ३ मत अपुग


काठमाडौं ।

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा फेरि चर्चा सुरु भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई हटाउने तयारी थालेका हुन्। संविधानअनुसार उपसभामुख हटाउन संसदको दुई तिहाइ अर्थात् १८४ मत आवश्यक पर्छ।

हाल सत्ता गठबन्धनमा रहेका कांग्रेस, एमाले, जसपा, जनमत, र लोसपाका जम्मा १८१ सांसद छन्। कांग्रेसका मोहन बस्नेत र एमालेका टोपबहादुर रायमाझी निलम्बित छन्। बाँकी ३ मतका लागि नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल वा विपक्षी दलको समर्थन आवश्यक हुनेछ।

रानामाथि पदीय आचरण नदेखिएको आरोपसहित हटाउने तयारी भएपनि पूर्ण बहुमत जुटाउने चुनौती सत्तापक्षलाई छ।