कांग्रेसले आकस्मिक संसदीय दलको बैठक बोलायो


काठमाडौं ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावको तयारीस्वरूप आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ।

संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकी भिसाका लागि सिफारिस गरेको आरोपमा रानामगरमाथि छानबिनको माग उठ्दै आएको छ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने हुँदा कांग्रेससहित सत्तारूढ दलहरूले उनलाई हटाउने रणनीति बनाएका छन्। बैठक आज मध्यान्ह १२ बजेपछि संसदीय दलको कार्यालयमा बस्नेछ।