एमाले आकस्मिक संसदीय दलको बैठक बोलायो


काठमाडौं ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ। जरुरी र महत्वपूर्ण विषयमा छलफल गर्न सांसदहरूलाई उपस्थित हुन सूचना पठाइएको हो।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोगको सम्भावित प्रस्ताव र केही विवादित विधेयकहरूमा धारणा बनाउन आकस्मिक बैठक आह्वान गरिएको अनुमान गरिएको छ। यद्यपि, बैठकको स्पष्ट एजेन्डा भने सार्वजनिक गरिएको छैन।