काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएको छ।
भैरहवाबाट नख्खु कारागारमा स्थानान्तरणपछि गरिएको स्वास्थ्य परीक्षणमा यस्तो देखिएको हो। रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेलाई हावा र घामजस्ता आवश्यक तत्व नपुगेको बताएका छन्।
ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले थप स्वास्थ्य परीक्षण थालेको छ। लामिछाने भैरहवा कारागारमा कोठाभित्र थुनिनु, अत्यधिक गर्मी र हावा-पानी नपाउनुले स्वास्थ्यमा असर पारेको आशंका गरिएको छ।











प्रतिक्रिया