आज संसद्का दुई समितिको बैठक बस्दै


काठमाडौँ ।

आज संघीय संसद्का दुई समितिको बैठक बस्दैछन्।

दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ।

त्यसपछि दिउँसो ३ बजे अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।