राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुई मजदुरको ज्यान गयो, पाँच घाइते


म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ दग्नामस्थित राहुघाट जलविद्युत् आयोजनाको निर्माणस्थलमा पहिरो जाँदा दुई मजदुरको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङ प्रवेशमार्ग) माथिबाट खसेको पहिरोले मजदुरहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ।

प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। प्रारम्भिक जानकारीअनुसार मृत्यु हुनेमध्ये एक नेपाली र एक विदेशी नागरिक रहेका छन् तर मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ।