काठमाडौं।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-७ स्पेशल चोकस्थित सडकमा बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपासमा ठक्कर खाई गए राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक काठमाडौं बाँसबारी बस्ने सिराहा घर भएका २९ वर्षीय भोला थापा र स्कुटर चालक काठमाडौं कपन बस्ने स्याङ्जा घर भएका २९ वर्षीय रामु प्रसाद ढकाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर र मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया