काठमाडौं ।
काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८१|८२ मा एकै वर्षमै ५,५८५ फरार अभियुक्त पक्राउ गरी ऐतिहासिक सफलता हासिल गरेको छ।
यो संख्या देशभर पक्राउ गरिएका २४,३८२ फरार अपराधीमध्ये सबैभन्दा धेरै हो, जसले फैसला कार्यान्वयनमा काठमाण्डौको अग्रणी भूमिका देखाएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख (s.s.p) विश्व अधिकारीले नेपाल समाचार पत्रलाई जानकारी दिनुभयो ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८०|८१ मा देशभर १४,७६४ जना फरार पक्राउ परेका थिए भने यस वर्ष उक्त संख्या ६५ प्रतिशतले वृद्धि भएको हो । काठमाण्डौ जिल्लामा मात्रै गत वर्ष १,०६७ फरार पक्राउ परेका थिए भने यो वर्ष त्यो संख्या ४,२१५ ले बढेको छ ।
प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको र काठमाण्डौ परिसर प्रमुखको विशेष रणनीतिले यो सफलता सम्भव भएको हो।
राजधानीमै देखिएको कडाइले कानूनभन्दा माथि कोही छैन भन्ने सन्देशलाई थप बलियो बनाएको छ। यो उपलब्धिले प्रहरीप्रति जनविश्वास समेत मजबुत भएको विश्वास गरिएको छ।











प्रतिक्रिया