काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरुङमार्ग चाँडै सञ्चालनमा आउने बताएका छन्।
२.६८ किलोमिटर लामो यो सुरुङमार्ग टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरी विस्फोटक पदार्थ विनै निर्माण गरिएको हो। दुई लेनको यो सुरुङमा साढे तीन मिटर चौडाइ र दुवैतर्फ नाली निर्माण गरिएको छ। हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भइसकेको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसेबीचको यात्रा समय झण्डै २० मिनेटमा झर्ने अपेक्षा गरिएको छ। यसले लामो जाम र यात्रा कष्ट हटाउने प्रधानमन्त्री ओलीको भनाइ छ।











प्रतिक्रिया