गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारत भ्रमणमा जोड दिन व्यवसायीको माग


काठमाडौं ।

रुपन्देहीका पर्यटन व्यवसायी र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई प्राथमिकता दिन माग गरेका छन्। होटल एसोसिएसन नेपाल लुम्बिनी अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलगायत व्यवसायीहरूले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अवरोध गरिरहेको भन्ने चर्चा रहेकाले भ्रमणको क्रममा त्यसबारे प्रस्ट पार्नुपर्ने बताएका छन्।

पर्यटन व्यवसायीहरूले हवाई रुट र इन्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (ILS) को आवश्यकतासहित भारतका सहरमा क्षेत्रीय उडान विस्तारको माग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पनि विमानस्थल सञ्चालनसम्बन्धी एजेन्डा प्रधानमन्त्रीको भ्रमणमा समेटिने जानकारी दिएका छन्।