काठमाडौं ।
भारतीय विदेश सचिव विक्रम मिस्री आज परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं आइपुगेका छन्। उनी भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
भ्रमणका क्रममा मिस्रीले समकक्षी राईसहित प्रधानमन्त्री के.पी.शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।
यो भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीको रूपमा लिइएको छ, जसले नेपाल–भारत उच्चस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया