रविलाई नख्खु कारागार ल्याइयो


काठमाडौं ।

सहकारी ठगी आरोपमा भैरहवा जेलमा सजाय भोगिरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरको नख्खु कारागार स्थान्तरण गरिएको छ ।

उहाँलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ विमानस्थल ओर्लनेबित्तिकै उहाँलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो ।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिनुभएको थियो । तर, उहाँलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो । आलोचनापछि सरकार लामिछानेलाई काठमाडौँ ल्याउन तयार भएको हो । अब उहाँ नक्खु कारागारमा रहनुहुनेछ ।