मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध


काठमाडौं ।

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा आज आइतबार बिहान साढे ४ बजे तुईन पुल नजिकै पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउन मेशिन उपकरण पठाइसकिएको र करिब २–३ घण्टाभित्र सडक सुचारु हुने अपेक्षा गरिएको छ।

वर्षायाममा पहिरोको जोखिम बढी हुने भएकाले सावधानीपूर्वक यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ। अवरुद्ध सडकमा हाल दर्जनौं सवारी साधन रोकिएका छन्।