सुक्खा पहिरोले हेटौँडा–काठमाडौँ सडक दुई ठाउँमा अवरुद्ध


काठमाडौं ।

हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडक खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएका छन्। हेटौँडा–फाखेल–दक्षिणकाली मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान ९ : ३० बजे पहिरो खसेर सडक बन्द भएको छ।

यस्तै, त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुबै स्थानमा डोजरमार्फत अवरोध हटाउने प्रयास जारी छ।