काठमाडौं ।
मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ।
आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए।
हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्।
जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ।











प्रतिक्रिया