मकवानपुरका किसानहरू ड्रागन फ्रुट खेतीतर्फ आकर्षित


काठमाडौं ।

मकवानपुरका किसानहरू पछिल्लो समयमा ड्रागन फ्रुटको व्यवसायिक खेतीमा बढी रुचि देखाउँदै आएका छन्। उत्पादन क्षमता र राम्रो आम्दानीका साथै बजारमा बढ्दो मागका कारण कृषकहरू यसतर्फ उन्मुख भएका हुन्।

पदमपोखरीका फेन्चु लामाले १ बिघा क्षेत्रफलमा रेड साइन, सी भेराइटी, अमेरिकन ब्युटि र सेतो जातका गरी चार प्रकारका ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ।

लामाका अनुसार, ड्रागन फ्रुटको आयु करिब १५ वर्षसम्म हुन्छ र वैशाखदेखि कात्तिकसम्म यसको मुख्य माग रहँदा वर्षभरि उत्पादन सम्भव भएकाले बजार स्थिर रहन्छ।

कृषकहरूका लागि यो खेती आर्थिक दृष्टिले लाभदायक साबित हुँदै गएको छ।