सर्लाहीमा शिक्षकको गोली हानी हत्या, एक जना पक्राउ


काठमाडौं ।

सर्लाहीमा एक जना शिक्षक रामपुकार यादवको गोली हानी हत्या गरिएको छ। राति साढे ८ बजेतिर घरअगाडि मोटरसाइकलमा आएका हतियारधारीले यादवमाथि गोली प्रहार गरेका थिए। टाउकोमा गोली लागेका यादवको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

गोली प्रहार गरेर भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति गम्भीर घाइते छन् र जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेका छन् र उनीहरूको खोजी जारी छ।