काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै उनले गीताका उपदेशक, धर्म, सत्य र न्यायका प्रवक्ता भगवान् श्रीकृष्णको शिक्षा आज पनि समाजमा अनुशासन, नैतिकता र जनकल्याणको बाटो देखाउने उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “हामी सबैले कृष्णका आदर्शबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्याऔँ।”
यस अवसरमा भण्डारीले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।











प्रतिक्रिया