काठमाडौ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पुरा गर्न मन्त्रालय अन्र्तगतका निकाय एंव नेतृत्वलाई एक आपसमा समन्वय गरि अघि बढन निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालय सँग सम्वन्धीत रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समय भित्रै सम्पन्न गरिसक्न के कस्ता समस्याहरु छन , यि समस्याको समाधानका लागि सामुहिक प्रयास गर्न जरुरी छ ,भन्नुभयो ।
मन्त्रीअधिकारीले कतिपय विषय अन्य मन्त्रालय तथा निकाय सँग पनि सहकार्य गरि अघि बढनु पर्ने रहेका छन । यि विषयहरुलाई नि प्राथामिकता दिन मन्त्रालय अन्र्तगतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखि प्रदेश र स्थानीय तह सँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्वन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो ।
गत आर्थिक वर्षमा मन्त्रालयवाट सम्पादन भएका कार्यहरु महत्वपुर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मुलरुपमा नागरिकले अनुभुति गर्ने गरि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी वनाउन जरुरी रहेकोमा जोड दिनुभयो।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डन , मन्त्रालयका सचिवहरु डा.गोविन्द शर्मा , डा.दीपक कुमार खराल , नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.कृष्ण तिमिल्सिना , मन्त्रालयका सहसचिव , विभागीय तथा योजना प्रमुखहरुले हाल भएका उपलब्धी , समस्या , आवश्यकता लगायतका विषय राख्नुभएको थियो ।











प्रतिक्रिया