काठमाडौं ।
नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ काठमाडौंमा सम्पन्न भएको छ। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सम्पन्न एकदिवसीय कन्क्लेभले डिजिटल पूर्वाधार, साक्षरता, नवप्रवर्तन, उद्यमशीलता र पारदर्शिता प्रवर्द्धनमा जोड दिएको छ।
कन्क्लेभमा शासन, स्वास्थ्य, अर्थतन्त्र, सूचना प्रविधि उद्योगलगायत विषयमा विभिन्न सत्र सञ्चालन गरिएका थिए। कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, उद्यमी, प्राविधिकलगायत ५०० भन्दा बढीको सहभागिता रहेको थियो।
१५ भन्दा बढी डिजिटल परियोजनाहरूको प्रदर्शनी गरिनुका साथै अनुसन्धानपत्रहरू प्रस्तुत गरिएको थियो। उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नीति र प्रविधिबारे अन्तरसंवाद गरिएको थियो।
प्रविधिमा क्रियाशील युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम वार्षिक रूपमा हुनुपर्ने सुझाव सहभागीहरूले दिएका छन्।











प्रतिक्रिया