काठमाडौं ।
काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार यो रोक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ।
मनसुन सक्रिय रहेकाले संभावित विपद् न्यूनीकरणका लागि सावधानी अपनाइएको हो। यसअघि ७ असारदेखि नै रातिको सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो।











प्रतिक्रिया