नेतृत्वविहीनताले कर्णाली रंगशाला संकटमा


काठमाडौं ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा अर्बौंको लगानीमा निर्माण गरिएको अत्याधुनिक खेल संरचना नेतृत्वविहीनता र राजनीतिक असहमतिका कारण खण्डहर बन्दै गएको छ। ९ महिनादेखि कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिवविहीन हुँदा रंगशाला निर्माणको बाँकी १५ काम रोकिएको छ।

प्रदेश सरकारको समयमै भुक्तानी नदिएको, परिषद्लाई पूर्णता नदिएको, र कानुनी अन्योलका कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समेत अन्योलमा परेको छ। पूर्व सदस्यसचिव विश्वामित्र सन्ज्यालको नेतृत्वमा ९९५ काम सकिए पनि ठेकेदारलाई भुक्तानी नदिंदा काम रोकिएको हो।

फुटबल मैदान, एथलेटिक्स ट्रयाक, पौडी पोखरी, भलिबल हलसहित अत्याधुनिक संरचना निर्माण भए पनि मर्मत नहुँदा संरचना जीर्ण हुँदै छन्।

राजनीतिक स्वार्थ, सत्ता समीकरण र ऐनमा अस्पष्टताले परिषद्ले नेतृत्व नपाउँदा कर्णालीको गौरवको आयोजना संकटमा परेको छ।