नेपालगन्जमा २६५ ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ

एकजना गोली लागेर घाइते


काठमाडौं ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले २०८२ साल साउन ३० गते (आज) बिहान ७:०० बजे विशेष सूचनाको आधारमा खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, ऐ.ऐ.बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारत बहराइच रुपैडिया निवासी ३० वर्षीय अजय कुमार र २० वर्षीय कार्तिक कुमार छन्।

सुरुवातमा अमन साह र भाइजन अन्सारीलाई बसपार्क पछाडिबाट पक्राउ गरी तलासी गर्दा क्रमशः ४७.७१ ग्राम र १८.५ ग्राम हेरोइन फेला पारिएको थियो। उनीहरूबाट प्राप्त बयानका आधारमा दिउँसो १२:०० बजे कार्तिक र अजयलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि ईँट प्रहार गरे। आत्मरक्षाको लागि प्रहरीले चलाएको गोली लागेर कार्तिकको खुट्टामा चोट लागेपछि उनलाई अस्पताल पठाइएको छ।

कार्तिकको साथबाट थप ५० ग्राम हेरोइन र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि जिल्ला प्रहरी कार्यालय बाँकेबाट थप अनुसन्धान भइरहेको छ।