काठमाडौं
पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा बिहीबार राजधानीस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन समारोहको आयोजना गर्यो । कार्यक्रममा पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले राष्ट्रिय झण्डा फहराएका थिए।

कार्यक्रममा राष्ट्रपति जरदारीले पठाएको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा स्वतन्त्रता दिवसलाई साहस, एकता र बलिदानको स्मरणका रुपमा व्याख्या गर्दै पाकिस्तान स्थापना गर्ने अग्रजहरू र पाकिस्तान आन्दोलनका कार्यकर्ताप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
प्रधानमन्त्री एच.ई. मोहम्मद शहबाज शरीफले सन्देशमा विगत ७८ वर्षको यात्राले दृढ विश्वास, लचिलोपन र उज्ज्वल भविष्यको आशाको कथा बोकेको उल्लेख गर्दै देशले कठिन चुनौतीहरूका बीच आर्थिक, खेलकुद, रक्षा तथा सूचना प्रविधिसहित सबै क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन्।

समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका राजदूत हाश्मीले १९४७ को ऐतिहासिक संघर्ष र मुलुकका पूर्वजहरूको बलिदानलाई स्मरण गरे। समारोहमा स्वतन्त्रता र राष्ट्रको सुरक्षाका लागि ज्यान अर्पण गर्ने सहिदहरूका आत्माको चीर शान्तिका लागि विशेष प्रार्थना पनि गरिएको थियो।











प्रतिक्रिया