रसुवा।
रसुवाको आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङबाट विहान छुटेर काठमाडौं जाँदै गरेको भाडाकाे बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बा ४ ख ८४३५ नम्बर को बस रसुवा कै उत्तरगया गाउँपालिका वडा नम्बर ५ लहरेपाैवाकाे सडकबाट तल झरेर दुर्घटना भएको हो ।
बस मा सवार १७ जना थिए जसमध्ये १२ जना घाइते भएका हरूलाई त्रिशूली अस्पताल लगि उपाचार भइरहेको छ। घटना २ बजे भएको प्रहरी ले जनाएको छ।











प्रतिक्रिया