काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धिको लक्ष्यसहित कार्यसम्पादन सम्झौता आज हुँदैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र सम्झौतामा हस्ताक्षर हुनेछ।
गत वर्षभन्दा झण्डै एक महिना अगाडि हुँदै गरेको यो सम्झौताबाट वर्षभरिका काम प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधार र सेवा प्रवाह सुधारका काम समयमै सक्न यो अभ्यास थालिएको हो।











प्रतिक्रिया