काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जान लागेका छन्।सांघाइमा आयोजना हुने सरकार तथा राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन उनी बेइजिङ जानेछन्।
सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा हुने छ।उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री ओलीको सी जिनपिङ र मोदीसँग भेटवार्ता हुने कार्यक्रम छ।











प्रतिक्रिया