तराई र पहाडी क्षेत्रमा वर्षा, साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौँ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सक्रिय रहेकाले देशका पश्चिमी भू-भागमा वर्षा बढी भइरहेको छ। आज बिहानको विवरणअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र उनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

तर, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा केही साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम छ।

साथै, इलाम, झापा, मोरङ, गोरखा, कास्की, पाल्पा, रुपन्देही, बर्दिया, रुकुम पश्चिम, बाजुरा लगायतका अन्य जिल्ला साना नदीमा बहाव बढ्ने र मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।