अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड शाखाको अध्यक्षमा बजगाईं


पोल्यान्ड क्रको  ।

 विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ,आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ पोल्यान्डको अध्यक्षमा संगम दैनिकका प्रधान सम्पादक केशवप्रसाद बजगाईं निर्विरोध निर्वाचित भएका छन्।

 पोल्यान्डको राजधानी क्राकोमा अगस्ट १०-२०२५  , नेपाली समयअनुसार  २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईंलाई निर्विरोध निर्वाचित गरेको हो।

  नौ सदस्य कार्यसमितिमा अध्यक्षमा केशव प्रसाद बजगाईं , उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईँ त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी , प्रमीला भुजेल , कमल विष्ट , रामप्रसाद शर्मा  र स्वागत ढुङ्गाना रहेका छन् ।

 निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष बजगाईंले आफूहरू केन्द्रीय कमिटीको मार्ग निर्देशन अनुसार पत्रकारिताको मर्यादामा आंच नआउने गरी निष्पक्ष र स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने जानकारी गराए। साथै उनले आफूलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघ पोल्यान्डको संस्थापक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएकोमा केन्द्रीय कमिटीलाई धन्यवाद समेत ज्ञापन गरे। 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने यसले जापानमा पोल्यान्डमा आफ्नो शाखा विस्तार गरिसकेको छ। बाँकी दिनहरूमा यसले विश्वका हरेक देशहरूमा शाखा विस्तार गर्ने योजना बनाएको छ।