काठमाडौं ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार राजीनामा दिएपछि नेपाली कांग्रेसभित्र नयाँ सभापति चयनको होड सुरु भएको छ।
संघीय निजामती सेवा विधेयकमा त्रुटि सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको सात दिनपछि खतिवडाले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेका हुन्।
कांग्रेसबाट समितिमा रहेका महामन्त्री विश्वप्रकाश शर्मा, दीलेन्द्र प्रसाद बडू, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने र सहमहामन्त्री जीवन परियार लगायतले सभापतिमा आकांक्षा देखाएका छन्।
तर, अन्तिम निर्णय सभापति शेरबहादुर देउवाको राजनीतिक समीकरणमा निर्भर रहने बताइन्छ।











प्रतिक्रिया