काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको अनुसार २०८२ साउन २८ गते बुधबार देशका विभिन्न प्रदेशहरूमा वर्षा र मेघगर्जनको सम्भावना रहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा भारी वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
विभागले वर्षाका कारण बाढी, पहिरो तथा जल–जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।











प्रतिक्रिया