सप्तरी, कपिलवस्तु र अर्घाखाँचीमा मध्यमदेखि भारी वर्षा


काठमाडौं ।

मधेश प्रदेशको सप्तरी जिल्लाको रुपनी बजार र बरमझिया आसपासका क्षेत्रमा तथा लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

साथै, मधेश प्रदेशसहित कोशी प्रदेशको तराई क्षेत्र र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।