देशभर मनसुन सक्रिय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुन सक्रिय रहेकाले आगामी दुई दिन भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहँदा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको हो।

हाल अधिकांश स्थानमा बदली रहँदै मध्यम वर्षा भइरहेको छ। महाशाखाले वर्षाजन्य विपद्‌को जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।