मुकुल ढकालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफू महामन्त्री कायम गर्नुपर्ने मागसहित मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरेको हो।

यस्तै सर्वोच्च अदालतले निर्देशनात्मक आदेश समेत जारी गरेको छ।

ढकालले आफू रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै गत असार ११ गते सर्वोच्चमा रिट दिएका थिए।