रामेछाप ।
नुहाउनका लागि तामाकोशी नदीमा गएका रामेछापका एक वृद्ध बेपत्ता भएका छन् । तामाकोशी नदीमा नुहाउन गएका मन्थली नगरपालिका वडा नः ७ भटौलिका ७५ बर्षका श्रीवंश शर्मा कँडेल बेपत्ता भएका रामेछाप प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार कँडेल मंगलबार बिहान ११ बजेदेखि बेपत्ता भएका हुन् ।
स्थानीय प्रत्यक्षदर्शीले कँडेललाई केही अघि सम्म बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले उनको खोजी कार्य भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।











प्रतिक्रिया