सिन्धुली।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिन्धुली अस्पतालका विरामीहरूलाई फलफूल वितरण गरिएको छ । जिल्ला युवा समिति सिन्धुलीको आयोजनामा अस्पतालमा उपचाररत ४० जना विरामीहरूलाई स्याउ, केरा, जुस र बिस्कुट वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य सुस्पा भुजेलले अस्पतालका विरामीहरूलाई फलफूल हस्तान्तरण गर्नुभयो । यस अवसरमा प्रदेशसभा सदस्य भुजेलले युवाहरूले सामाजिक सेवामा सक्रिय भई मानवता र सहयोगको भावना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला युवा समितिका अध्यक्ष हेम कार्कीले अन्तर्राष्ट्रिय युवा दिवसलाई अर्थपूर्ण बनाउन र युवामा समाजप्रतिको उत्तरदायित्व बोध गराउनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । अगस्ट १२ दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यश वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सिन्धुलीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।











प्रतिक्रिया