श्रेष्ठ र यादवबीच समसामयिक राजनीतिक समीक्षासहित छलफल


काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।

पूर्व उपप्रधानमन्त्रीद्वयले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माणका लागि आवश्यक कदमबारे विचार विमर्श गरेका छन्।

भेटमा आ–आफ्ना कमजोरीबारे आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा अघि बढ्ने विषयमा पनि चर्चा भएको स्रोतले जनाएको छ।