खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मिटारमा पर्ने मध्यपहाडी लोकमार्गमा झरेको पहिरोले सडक अवरुद्द बनेको छ । आज सोमबार बिहान करिब ९ बजेको समयमा सडकमा झरेको पहिरोले उक्त खण्ड पुर्ण अवरुद्द बनेको हो । अबिरल वर्षाका कारण सडकको करिब सय मिटर माथिबाट पहिरो खस्दा १० मिटर सडक ढाकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सोही पहिरोले दाम्ली(डिकुवा जाने भित्री कच्ची सडक खण्डमा झण्डै २० मिटर सडक ढाकी सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले उल्लेख गरेको छ । यस्तै, निरन्तर बर्षाका कारण मध्यपहाडी लोकमार्ग सडक खण्डमा पर्ने दिक्तेल-जयरामघाट सडक खण्डको बिभिन्न स्थानहरुमा पहिरो गई सडक अबरुद्ध हुने क्रम बढेकोले सजक भै यात्रा गर्न प्रहरीको अनुरोध छ ।
यात्रा गर्दा मौसमलाई ध्यानमा राखी सम्बन्धित सरोकारवाला निकाय एवम् ब्यक्तिहरुको नम्बरमा सम्पर्क गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो ।
बर्षाका कारण जिल्लाका अधिकाङ्श ग्रामिण सडकहरु अबरुद्द बनेको छ ।











प्रतिक्रिया