चक्रे समूहका ९ अदालतमा


काठमाडौँ ।

चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

साउन १५ मा साम्बाला होटेलबाट पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार तीमध्ये नौ जना एउटै कसुरमा पटक–पटक संलग्न रहेको भेटिएको छ।

प्रहरीले उनीहरूलाई ‘पटके कसुरदार’ कायम गरी प्रतिवेदन तयार पारी अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।