काठमाडौं ।
मनसुन सक्रिय भएसँगै देशभर सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल छ। तर, आइतबार पाँचथर, झापा, इलाम, लमजुङ लगायतका जिल्लाहरू हुँदै बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको छ।
यसैगरी, ताप्लेजुङदेखि डोटी र बझाङसम्मका थुप्रै जिल्लाहरूमा साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ। सतर्क रहन विज्ञहरूको आग्रह छ।













प्रतिक्रिया