काठमाडौं ।
लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। शनिबार राति ९ बजे कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको मापन केन्द्रले जनाएको छ।
ब्यारेजका ५६ ढोकामध्ये २८ वटा खोलिएको छ भने बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको जनाइएको छ।











प्रतिक्रिया