काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा पर्वको अवसरमा शुभकामना दिँदै यस्ता मौलिक पर्वहरू नेपाली पहिचानसँगै सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक रहेको बताएका छन् ।
उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले भरिएको देश भएको उल्लेख गर्दै गाईजात्रा पर्व नेवार समुदायको विशिष्ट सांस्कृतिक धरोहर भएको बताए ।
लोकतान्त्रिक व्यवस्थामै सबै संस्कृतिको समान अधिकार र संरक्षण सम्भव हुने भन्दै देउवाले यस्ता पर्वको मौलिकता जोगाउँदै भावी पुस्ताका लागि संरक्षण गर्नु सबैको जिम्मेवारी भएको धारणा व्यक्त गरे ।











प्रतिक्रिया